FAQs Complain Problems

ग्यालरी

गुराँस गाउँ सभाको १२औं अधिवेशन अन्त्य भएको छ । यस अधिवेशनअन्तर्गत चार वटा बैठक बसेका छन् । १२औं अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट पारित गरेको छ भने, ४० बुँदे विशेष घोषणासहित संकल्प प्रस्ताव पारित भएको छ ।

मिति: 07/13/2023 - 13:09
, , , , , , , , , , , , , , , , , , ,

गुराँस गाउँपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत ज्यू , स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीको टोलिसहित परिचालन हाल दैलेख जिल्ला महाबु गाउँपालिका वडा नं. -३ , बाल्तडामा बसोबास गरिरहेका फिरन्ते जातिको रूपमा परिचित अल्पसंख्यक राउटे समुदायका प्रत्येक सदस्यहरुलाई आर्थिक भत्ता वितरणको कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 07/13/2023 - 12:55
, , , , , , , , , , , , , , , , , , ,

"आमाको गर्भ सुरक्षित हुदा एउटा युग सुरक्षित हुन्छ ।" भन्ने नाराका साथ 'उपाध्यक्ष संग गर्भवती कार्यक्रम' अन्तरगत पोषिलो खाना तथा निशुल्क ग्रामिण अल्ट्रासाउण्ड तथा सामग्री वितरण कार्यक्रम गुराँस गाउँपालिकाका सम्पूर्ण वडामा सम्पन्न भएको छ ।

मिति: 07/13/2023 - 12:44
, , , , , , , , , , , , , , , , , , ,

गुराँस गाउँपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार भन्ने नाराका साथ पालिकाको वडा नं ४ घोडाबासमा २०८०/०२/०५ देखि २०८०/०२/१५ सम्म भएको डल कुशन बनाउने पुर्नताजकिय सिप विकास तालिमका झलकहरु

मिति: 07/13/2023 - 12:30
, , , , , , , , , , , , , , , , , ,

गुराँस गाउँपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पालिकाको वडा नं १ बेडुगाउँ दैलेखमा गत आ.व. को १ महिने बेसिक ढाँका ब्याग बनाउने सिप विकास तालिम प्रदान गरिसकेका उद्यमीहरु लाई पुनः १ महिने रिफ्रेसर कोर्स तालिम र पालिकाको वडा नं २ तल्लोडुङ्गेश्‍वरमा ४५ दिने वल्डिङ्ग सिप विकास तालिम सम्पन्न भएको छ ।

मिति: 07/13/2023 - 12:27
, , , , , , , , , , , , , , , , , , , , ,

गुराँस गाँउपालिकाको चालु आ.व. २०७९/०८० को पालिका स्तरीय सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम मिति २०८०/०२/२६ गते आज कार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ। यस कार्यक्रममा सहभागी भई आफ्नो महत्वपूर्ण सुझाव र गुनासो राख्नुहुने सम्पूर्ण महानुभावहरु तथा सुझाव र गुनासो सुनेर प्रतिउतर दिनुहुने कार्यसमितिका सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद । आजको कार्यक्रम छुटाउनु भएका महानुभावहरुले कार्यक्रमको भिडियो मार्फत छिटै नै जानकारी लिन सक्नुहुनेछ।

मिति: 07/13/2023 - 10:57
, , , , , , , , , , , , , , , , , , , , ,

यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ज्यू आज जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन गुराँस गाउँपालिकाका लोपउन्मुख राउटे समुदायसँग भेट गरी उहाँहरुको जीवन र समसामयिक समस्याका बारेमा कुराकानी गर्नुभएको छ ।

मिति: 06/22/2023 - 22:37
, , , , , , , , , , , , , ,

Pages