बिकास साझेदार अन्तर्राष्ट्रिय संघ सस्था का प्रतिनिधि हरु संग खासगरि शिक्षा क्षेत्रको केहि समिक्षा र केहि आगामी योजना बारे छलफल गर्दै गाउँपालिका अध्यक्ष ज्यू ।
समाचार
ग्यालरी
बालमैत्री समाजको आधार : जिम्मेवार परिवार र उत्तरदायी सरकार" भन्ने मुल नाराका साथ ५८ औ बालदिवसको अबसरमा गुराँस गाउपालिका द्वारा आयोजना गरिएको अन्तर मा.बि. स्तरीय "बालबिबाह न्यूनीकरणमा विद्यार्थीको भुमिका" भन्ने बिषयक बक्तृत्वकलाको अन्तिम नतिजा।।।
#प्रथम भबिसरा रामजाली श्री स्वरस्वती मा बि पातिकान्ला
#द्वितिय शुसिला चन्द श्री कृष्ण मा बि सानाकाडा
#तृतिय अस्मिता खड्का श्री मालिका मा बि मकुटक
#सान्त्वना प्रेम सुनार श्री पार्बती मा बि गोगनपानी लगायत सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई।।।।
स्थानिय तह स्वमूल्यांकन (LISA) र मध्यकालीन खर्च संरचना (MTEF)” सम्बन्धी २ दिने अभिमुखीकरण तालिम आज मिति २०७९/०४/२८ गते सम्पन्न भएको छ I पालिकाको स्वमूल्यांकन र मध्यकालिन खर्च संरचना (MTEF) को क्षेत्रमा रास्ट्रिय संजालमा पालिकालाइ समाहित गर्ने मनसायले उक्त कार्यक्रम आयोजना गरिएको थियो I कार्यक्रम प्रशिक्षक तथा सहजीकरण कर्णाली प्रदेशका (LISA) प्रशिक्षक तथा दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले प्रशिक्षण दिनुभएको थियो भने उक्त २ दिने कार्यक्रममा पालिका प्रमुख गाउँपालिकाका अध्यक्ष श्री टोप वि.सी र उपाध्यक्ष श्री शिवा खड्काको उत्साही सहभागिता रहेकाले अन्य सहभागी नि.प्रमुख प्रशासकीय अधिकृत
"सुख,समृद्धि र साशकीय सुधार :हातेमालो गरी फेरौ गुराँसको मुहार"
नव निर्वाचित अध्यक्ष ज्यू , उपध्यक्ष ज्यू र कार्यपालिकाका सदस्य ज्यूहरु द्वारा पहिलो कार्यपालिकाको बैठक बाट निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा खटियका कर्मचारी,सुरक्षा कर्मीहरुलाई फेरी भेटौला कार्यक्रमका साथै वृक्ष रोपण कार्यक्रमको केहि झलकहरु I
मिति २०७९/०२/१२ नवनिर्बाचित श्रीमान अध्यक्ष ज्यू संग सम्पूर्ण गाउँपालिकाका कर्मचारी बीच पहिलो कर्मचारी बैठकका केहि झलकहरु I
बिशेष/बहुक्षेत्रिय पोषण र सुनौला हजार दिनका आमाहरु संग उपाध्यक्ष् कार्यक्रम गुराँस गा.पा अन्तर्गत रहेका सुनौला हजार दिनका प्रति वडा २२५ का दरले ८ वडाका जम्मा १८०० जना र पोषण नमुना टोल का २०० घरधुरी लाइ रू ५१ लाख ८८ हजार बराबरको पोषण प्याकेज र अन्य सामाग्री पालिका अध्यक्ष श्री खेमराज ओली ज्यू , उपाध्यक्ष् श्री दिपा कुमारी बि.सी ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री दिपक कुमार आचार्य ज्यू हरुको सहभागितामा सम्पन्न भएको केहि झलकहरु I
गाउँपालिका अध्यक्ष ज्यू ले आफ्नो ४० औ जन्मउत्सवका अबसरमा यस पालिका अन्तर्गतका जोखिम र आर्थिक अवस्था कमजोर भएका ३६ जना बालबालिका हरुलाई प्रोत्साहन स्वरुप नगद ,शैक्षिक समान्ग्री,झोला,कपडा वितरण गर्नु भएको केहि झलकहरु I
आज मिति २०७७ फाल्गुन २१ गतेको दिन गुराँस गाउँपालिका रानीमत्ता दैलेखको ५ शैयाको कोभिड अस्पतालको समुद्घाटन यस गुराँस गाउँपालिका अध्यक्ष श्री खेमराज ओली ज्यूको प्रमुख आथित्यतामा सम्पन्न भयो I प्रमुख अथिति ज्यूले अस्पताल समुद्घाटन कार्यक्रममा आफ्ना विचार राख्दै कोभिड व्यवस्थापन संगै जनताको पहुँचमा गुणस्तरीय स्वास्थ सेवा प्रदान कार्यमा चिकित्सकलाइ प्रयोग गरी धेरै जनतालाइ घरदैलो मै स्वास्थ सेवा पुर्याउने लक्ष्य रहेको कुरा बताउनु भयो I
गुराँस गाउँपालिकाको आयोजनामा आज लोपोन्मुख राउटे समुदायलाई कोविड- 19 कोरोना भाइरस बाट बचाउनका लागि सो समुदायका १५१ जना बिच चेतनामुलक अन्तर्कृया , माक्स वितरण कार्य मा सहभागी हुँदै गुराँस गाउँपालिकाका अध्यक्ष श्री खेमराज ओली ,प्रमुख प्रशासकीय अधिकृत श्री राम बहादुर बुढा र स्वास्थ्यकर्मी को टोलि । गुराँस गाउँपालिका कोरोना विरुद्ध सकृयताका साथ लागीहेको यो एक महत्त्वपूर्ण कार्यक्रम को उदाहरण हो ।