FAQs Complain Problems

ग्यालरी

गुराँस गाउँपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत ज्यू , स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीको टोलिसहित परिचालन हाल दैलेख जिल्ला महाबु गाउँपालिका वडा नं. -३ , बाल्तडामा बसोबास गरिरहेका फिरन्ते जातिको रूपमा परिचित अल्पसंख्यक राउटे समुदायका प्रत्येक सदस्यहरुलाई आर्थिक भत्ता वितरणको कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 07/13/2023 - 12:55
, , , , , , , , , , , , , , , , , , ,

"आमाको गर्भ सुरक्षित हुदा एउटा युग सुरक्षित हुन्छ ।" भन्ने नाराका साथ 'उपाध्यक्ष संग गर्भवती कार्यक्रम' अन्तरगत पोषिलो खाना तथा निशुल्क ग्रामिण अल्ट्रासाउण्ड तथा सामग्री वितरण कार्यक्रम गुराँस गाउँपालिकाका सम्पूर्ण वडामा सम्पन्न भएको छ ।

मिति: 07/13/2023 - 12:44
, , , , , , , , , , , , , , , , , , ,

गुराँस गाउँपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार भन्ने नाराका साथ पालिकाको वडा नं ४ घोडाबासमा २०८०/०२/०५ देखि २०८०/०२/१५ सम्म भएको डल कुशन बनाउने पुर्नताजकिय सिप विकास तालिमका झलकहरु

मिति: 07/13/2023 - 12:30
, , , , , , , , , , , , , , , , , ,

गुराँस गाउँपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पालिकाको वडा नं १ बेडुगाउँ दैलेखमा गत आ.व. को १ महिने बेसिक ढाँका ब्याग बनाउने सिप विकास तालिम प्रदान गरिसकेका उद्यमीहरु लाई पुनः १ महिने रिफ्रेसर कोर्स तालिम र पालिकाको वडा नं २ तल्लोडुङ्गेश्‍वरमा ४५ दिने वल्डिङ्ग सिप विकास तालिम सम्पन्न भएको छ ।

मिति: 07/13/2023 - 12:27
, , , , , , , , , , , , , , , , , , , , ,

गुराँस गाँउपालिकाको चालु आ.व. २०७९/०८० को पालिका स्तरीय सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम मिति २०८०/०२/२६ गते आज कार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ। यस कार्यक्रममा सहभागी भई आफ्नो महत्वपूर्ण सुझाव र गुनासो राख्नुहुने सम्पूर्ण महानुभावहरु तथा सुझाव र गुनासो सुनेर प्रतिउतर दिनुहुने कार्यसमितिका सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद । आजको कार्यक्रम छुटाउनु भएका महानुभावहरुले कार्यक्रमको भिडियो मार्फत छिटै नै जानकारी लिन सक्नुहुनेछ।

मिति: 07/13/2023 - 10:57
, , , , , , , , , , , , , , , , , , , , ,

यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ज्यू आज जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन गुराँस गाउँपालिकाका लोपउन्मुख राउटे समुदायसँग भेट गरी उहाँहरुको जीवन र समसामयिक समस्याका बारेमा कुराकानी गर्नुभएको छ ।

मिति: 06/22/2023 - 22:37
, , , , , , , , , , , , , ,

गुराँस गाउँपालिकाको आयोजनामा गुराँस-३ स्थित वडा कार्यालय पातिकाल्ना र गुराँस-८ स्थित स्वास्थ्य इकाइ केन्द्र धरमपोखरामा आज शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न गरीयको छ । उक्त कार्यक्रम अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग, सेभ द चिल्ड्रेन र सोसेक नेपाल दैलेखको समन्वयमा सम्पन्न भएको छ ।

मिति: 06/22/2023 - 21:53
, , , , , , , , , , , , , ,

गुराँस गाँउपालिकामा फैलियको `लम्पी स्किन´[Lumpy skin] रोगका कारण बिरामि भयका विभिन्न पशुहरुको उपचारको क्रममा पशु चिकित्सक डा. रोशन राज बहादुर सिँह ठकुरी र नायव पशुस्वास्थ्य प्राविधिक देवेन्द्र बहादुर भण्डारीले फिल्डमै पुगेर रोगको नियन्त्रण तथा रोकथामका लागि कृषकमहानुभाहरुलाई परामर्श दिदै र केहि सिकिस्त पशुहरुको उपचार गर्दै ।

मिति: 04/30/2023 - 14:39
, , , , , , , , , , , , , ,

प्रभु बैंक द्वारा संचालित वित्तीय साक्षरता कार्यक्रमको केहि झलकहरु  I

मिति: 09/23/2022 - 15:12
, , , , , , , , , ,

Pages