समाचार
“स्थानिय तह स्वमूल्यांकन (LISA) र मध्यकालीन खर्च संरचना (MTEF)”तालिम सम्पन्न I
स्थानिय तह स्वमूल्यांकन (LISA) र मध्यकालीन खर्च संरचना (MTEF)” सम्बन्धी २ दिने अभिमुखीकरण तालिम आज मिति २०७९/०४/२८ गते सम्पन्न भएको छ I पालिकाको स्वमूल्यांकन र मध्यकालिन खर्च संरचना (MTEF) को क्षेत्रमा रास्ट्रिय संजालमा पालिकालाइ समाहित गर्ने मनसायले उक्त कार्यक्रम आयोजना गरिएको थियो I कार्यक्रम प्रशिक्षक तथा सहजीकरण कर्णाली प्रदेशका (LISA) प्रशिक्षक तथा दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले प्रशिक्षण दिनुभएको थियो भने उक्त २ दिने कार्यक्रममा पालिका प्रमुख गाउँपालिकाका अध्यक्ष श्री टोप वि.सी र उपाध्यक्ष श्री शिवा खड्काको उत्साही सहभागिता रहेकाले अन्य सहभागी नि.प्रमुख प्रशासकीय अधिकृत श्री मदन मल्ल , सबै वडा अध्यक्ष ,सबै शाखा प्रमुख र सबै वडा सचिव ज्यूहरुको सक्रिय सहभागीता रहेको थियो I