FAQs Complain Problems

१४ औं गाउसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै |

आर्थिक बर्ष २०८१ /०८२ को नीति तथा कार्यक्रम र प्रारम्भिक बजेट १४ औं गाउँसभामा पेश भएको छ | १४ औं गाउँसभा गाउपालिकाका अध्यक्ष श्री टोप बहादुर बिसीको अध्यक्षतामा चलेको थियो | कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री यामलाल कडेलले प्रमुख अथितिको रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो | कर्णाली प्रदेश सभा सदस्य माननीय श्री पूर्ण बहादुर खत्रीले बिशेष अथितिको रुपमा आथित्यता ग्रहण गर्नुभएको थियो | उक्त सभामा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कडेलले बिशेष सम्बोधन गर्नुभएको थियो |कर्णाली प्रदेश सभा सस्दस्य माननीय श्री पूर्ण बहादुर खत्रीले आफ्नो सुझाब राख्नुभएको थियो | यस गाउसभामा गुराँस गाउपालिकाका अध्यक्ष श्री टोप बहादुर बिसीले नीति तथा कार्यक्रम पेश गर्नुभएको छ भने गुराँस गाउपालिकाका उपाध्यक्ष श्री शिवा कुमारी खड्काले २०८१/०८२ को आय व्यय सहितको प्रारम्भिक बजेट पेश गर्नुभएको छ | उक्त प्रारम्भिक कुल बजेट ६७ करोड ९० लाख ७४ हजार छ भने , जसमा चालु तर्फ ४८ करोड ८९ लाख ३३ हजार र पुँजीगत तर्फ १९ करोड एक लाख ४० हजार रहेको छ | यस १४ औं गाउँसभामा सभा सचिव निमित्त प्रमुख प्रशासकिय अधिकृत श्री दिनेश दाहाल रहनुभएको थियो |

आर्थिक वर्ष: