FAQs Complain Problems

गुराँस फुलेको केहि तस्बिर |

Read More

गुराँस गाउपालिकाको नवनिर्मित प्रसासनिक भवन |

Read More

गुराँसेबाट देखिने दृष्यहरु |

Read More

अख्तियार अनुसन्धान सम्वन्धी अन्तरकृया कार्यक्रमका केही झलकहरु।

Read More

गुराँस गाउँपालिकाको परिचय

दैलेख जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको गुराँस गाउँपालिका, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ कि.मि.को दुरीमा रहेको छ । तत्कालिन वराह,सेरी,खड्कवाड,गोगनपानी,पिलाडि,लालिकाँडा गा.वि.स.हरुलाई जोडेर हालको गुराँस गाउँपालिकाको निर्माण गरिएको हो ।झट्ट हेर्दा नेपालको नक्शा जस्तो देखिने गुराँस गाउँपालिका समुन्द्री सतहबाट सवै भन्दा कम ५४४ मिटरमा रहेको वडा नं. २ स्थित तल्लो डुङ्गेश्वर प्रसिद्ध कर्णाली नदीको किनारमा कर्णाली राजमार्गमा अवस्थित छ । भने सवैभन्दा वढी उचाई रहेको वडा नं.७ स्थित मालिका कोप्ची जाजरकोट जिल्लाको सिमानामा रहेको छ । करिब १६४.७९ वर्ग किलोमिटर क्षेत्रफल रहेको गुराँस गाउँपालिका व्यवसायीक आलु तथा तरकारी उत्पादन र पर्यटनको कारणले प्रख्यात रहेको छ । यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उदेश्यले वर्षेनी हजारौ आन्तरिक र बाहेक पर्यटनहरु आउने गर्दछन् । गुराँस गाउँपालिकामा संचालित सवैजसो होटेलहरु लोकल कुखुरा कर्णाली तथा लोहोरे खोलाको माछा र स्थानीय खानेकुराको कारणले भरिभराउ हुने गरेको पाईन्छ । यहाँको बार्षिक औषत तापक्रम २५ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयस सम्म रहेको छ । सम्भतः कर्णाली प्रदेशको राजधानीबाट प्रदेशका अन्य पहाडी र हिमाली जिल्लाहरुमा जानको लागि मुलद्धारको रुपमा रहेको गुराँस गाउँपालिका कृषि,पशुपंक्षि,वन,जडीबुटी,पर्यटन तथा साना अन्य उद्योगहरुको लागि उपयुक्त स्थान रहेको छ 

जन प्रतिनिधि

पदाधिकारी

नि.प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • पाँच प्रति फोटो
  • विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
  • दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारकोहकमा सम्बन्धित कार्यालयको सिफारिस
  • नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- निशुल्क (३५ दिन सम्म) - २०० (म्याद नाघि आएमा)
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  • जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः-
सेवा समयः- १५ मिनेट (प्रमाणपत्र पुगेमा)
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- निशुल्क (३५ दिन सम्म) - २०० ( मृत्यु भयको ३५ दिन भन्दा पछाडी)
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको गएमा) वा जन्मदर्ता (नागरिकता नबनेको गएमा),

२. सुचकको नागरिकता

३. मृतक विदेशी गएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस

४. स्वास्थ्य संस्थामा मृत्युको प्रमाण

सेवा प्रकारः-
सेवा समयः- १५ मिनेट (प्रमाणपत्र पुगेमा)
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- निशुल्क (३५ दिन सम्म) - २०० (जन्मेको ३५ दिन भन्दा पछाडी)
आवश्यक कागजातहरुः-

१. आमा वा बुबा नागरिकता,

२. स्वास्थय संस्था वा अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रमाणीत कागज,

३. घरमा जन्म गएको हकमा पछिल्लो खोप कार्ड,

४. विदेशी नागरिक भएमा, बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,

५. बाबु बेपत्ता वा थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- ३० मिनेट (प्रमाणपत्र पुगेमा)
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन सम्म) - २०० (विवाह भयको ३५ दिन भन्दा पछाडी)
आवश्यक कागजातहरुः-

१. विवाह दर्ता गर्न पति र पत्नी दुवै सुचक हुनुपर्छ।

२. पति र पत्नीकाे नागरिकता प्रमाणपत्र वा राष्टियता खुल्ने कागज ।

३. पति  र पत्नीकाे  दुवैको हालै खिचेको अटो साईजको फोटो,
४. अदालतबाट नाता कायम भएको अवस्थामा नाता कायमको कागज

५. कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत  बारेसनामा 

जानकारी