FAQs Complain Problems

गुराँस गाउँपालिकाको परिचय

       दैलेख जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको गुराँस गाउँपालिका, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ कि.मि.को दुरीमा रहेको छ । तत्कालिन वराह,सेरी,खड्कवाड,गोगनपानी,पिलाडि,लालिकाँडा गा.वि.स.हरुलाई जोडेर हालको गुराँस गाउँपालिकाको निर्माण गरिएको हो ।झट्ट हेर्दा नेपालको नक्शा जस्तो देखिने गुराँस गाउँपालिका समुन्द्री सतहबाट सवै भन्दा कम ५४४ मिटरमा रहेको वडा नं. २ स्थित तल्लो डुङ्गेश्वर प्रसिद्ध कर्णाली नदीको किनारमा कर्णाली राजमार्गमा अवस्थित छ । भने सवैभन्दा वढी उचाई रहेको वडा नं.७ स्थित मालिका कोप्ची जाजरकोट जिल्लाको सिमानामा रहेको छ ।राष्ट्रिय जनगणना  २०७८ को अनुसार गुराँस गाउँपालिकाको कुल जनसंख्या २१,१८९ रहेको छ, जसमध्य कुल जनसंख्याको ५१ % महिला छन् भने ४९ % पुरूष रहेका छन् |  करिब १६४.७९ वर्ग किलोमिटर क्षेत्रफल रहेको गुराँस गाउँपालिका व्यवसायीक आलु तथा तरकारी उत्पादन र पर्यटनको कारणले प्रख्यात रहेको छ । यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उदेश्यले वर्षेनी हजारौ आन्तरिक र बाहेक पर्यटनहरु आउने गर्दछन् । गुराँस गाउँपालिकामा संचालित सवैजसो होटेलहरु लोकल कुखुरा कर्णाली तथा लोहोरे खोलाको माछा र स्थानीय खानेकुराको कारणले भरिभराउ हुने गरेको पाईन्छ । यहाँको बार्षिक औषत तापक्रम २५ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयस सम्म रहेको छ । सम्भतः कर्णाली प्रदेशको राजधानीबाट प्रदेशका अन्य पहाडी र हिमाली जिल्लाहरुमा जानको लागि मुलद्धारको रुपमा रहेको गुराँस गाउँपालिका कृषि,पशुपंक्षि,वन,जडीबुटी,पर्यटन तथा साना अन्य उद्योगहरुको लागि उपयुक्त स्थान रहेको छ | 
 नेपालको आर्थिक तथा सामाजिक विकासमा कृषि, पशुपंक्षी तथा अन्य घरेलु तथा साना उद्योग व्यवसायकको अग्रणी भूमिका रहेको छ । औधोगिककरणको गति मन्द रहेकोले यहाको कृषि तथा पशु व्यवसाय नै आर्थिक विकासको मूख्य आधार क्षेत्र हो । यस गाउँपालिकामा कृषि तथा पशुपंक्षी व्यवसायमा (९२.३३) प्रतिशत अत्यधिक जनसंख्या संलग्न रहेको छ । पढेलेखेका विपन्न र साधारण लेखपढ गर्ने व्यक्तिले पनि सहज रुपमा कृषि, पशुपंक्षी तथा अन्य साना उद्योग व्यवसाय अगाल्न सक्ने भएकोले यो व्यवसायलाई व्यवस्थित गर्न जरुरी छ । हाल रहेको मिश्रित व्यवसायीक प्रणालीले कृषि,पशुपंक्षी, वन, जडिबुटी पर्यटन तथा साना व्यवसायको विकास र विस्तार हुन नसकेको अवस्था छ |

राष्ट्रिय जनगणना २०७८ को अनुसार गुराँस गाउपालिकाको जनसंख्या जम्मा २१,१८९ र जम्मा घरधुरी संख्या ४,५४१ रहेको छ जसम   वडा स्तरीय  जनसंख्याको बिवरण तपसिल बमोजिम रहेको छ |

वडा न १ को जनसंख्या पुरूष :९९२ र महिला :१,१३९  गरि जम्मा २,१३१ रहेको छ |

वडा न २ को जनसंख्या पुरूष :१,३१३ र महिला :  १,४२० गरि जम्मा २,७३३ रहेको छ |

वडा न ३ को जनसंख्या पुरूष :१,२६६ र महिला : १,३५६  गरि जम्मा २,६२२ रहेको छ |

वडा न ४ को जनसंख्या पुरूष :१,६४८  र महिला :१,६७९   गरि जम्मा ३,३२७ रहेको छ |

वडा न ५ को जनसंख्या पुरूष :१,७०९  र महिला :  १,७१२ गरि जम्मा ३,४२१ रहेको छ |

वडा न ६ को जनसंख्या पुरूष :१,३८७ र महिला :  १,४०६ गरि जम्मा २,७९३ रहेको छ |

वडा न ७ को जनसंख्या पुरूष :९६५ र महिला : ९३६ गरि जम्मा १,९०१  रहेको छ |

वडा न ८ को जनसंख्या पुरूष :१,१२२ र महिला : १,१३९  गरि जम्मा २,२६१ रहेको छ |